सुनको मूल्य सामान्यरुपमा बढ्दा, चाँदीको मूल्य ह्वात्तै बढ्यो

होमल्याण्ड खबर

२०८२ पुष २ गते, बुधबार ११:४० मा प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधवार सुन ७ सय रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ५९ हजारमा कारोवार भइरहेको सुन आज बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य आज ७ सय २४ रुपैयाँले बढेको छ । जसले गर्दा आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।