२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो।


मुल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार गिरावटसँगै आज चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।