सुन-चाँदीकै मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो सुनको मूल्य ?

होमल्याण्ड खबर

२०८२ पुष ७ गते, सोमबार ११:२१ मा प्रकाशित

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । एकैदिन सुनको मूल्य तोलामा ३४ सय रूपैयाँले वृद्धि भएको छ ।

आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्दा चाँदीको १ सय रूपैयाँले बढेको थियो । सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १ सय ३० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार २ सय ३५ रूपैयाँ भइरहेको महासंघले जनाएको छ ।