आज पनि घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

होमल्याण्ड खबर

२०८२ पुष १७ गते, बिहीबार ११:०६ मा प्रकाशित

नेपाली बजारमा आज पनि सुनचाँदी मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ६१ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर ४४१५  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४७० मा कारोबार भएको थियो ।