आज सुनको मुल्य कतिमा हुदैंछ कारोबार ?

होमल्याण्ड खबर

२०८२ पुष २१ गते, सोमबार ११:११ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज २५ सय रूपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि १८५ रूपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।