दोहोरो अंकले बढ्यो सेयर बजार

होमल्याण्ड खबर

२०८२ पुष २१ गते, सोमबार १५:२२ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अकंले बढेर २६३९.३७ बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ०.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको १.४४ प्रतिशतले सेयर मूल्य बढेको देखिन्छ ।

सोमबार २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।