आज सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १ सय

होमल्याण्ड खबर

२०८२ पुष २२ गते, मंगलवार ११:२६ मा प्रकाशित

साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३१ सय रुपैयाँले बढेर दुई लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य ३१ सय रुपैयाँले बढेर दुई लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

\यता चाँदीको मूल्य १९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख २९ हजार ८ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१८४ रुपैयाँ कायम भएको छ ।