सुन-चाँदीको मूल्य वृद्धि

होमल्याण्ड खबर

२०८२ माघ १ गते, बुधबार ११:३१ मा प्रकाशित

नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ ।

बुधवार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।

मंगलवार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी एक तोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । मंगलवार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम थियो ।