सुनचाँदीको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०८२ माघ ३ गते, शुक्रबार ११:०६ मा प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँ कायम छ । बिहीबार ९माघ १० छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ६४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।