सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

होमल्याण्ड खबर

२०८२ माघ ९ गते, बिहीबार ११:०० मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको २९ सयले बढेर तोलाको २ लाख ९२ हजार २०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार  सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ५८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५९२० रुपैयाँमा कारोबार भएको थियो ।