बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

होमल्याण्ड खबर

२०८२ माघ २६ गते, आईतवार ११:१४ मा प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा नौ हजार ५०० रुपैयाँले उकालो लागेको हो ।यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।