सुनको मूल्यमा आज पनि वृद्धि

होमल्याण्ड खबर

२०८२ माघ २७ गते, सोमबार ११:०७ मा प्रकाशित

लगातार अस्थिर रहेको सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४१०० रुपैयाँले बढेको छ । सोमबार स्थानीय बजारमा सुन ३ लाख ४ हजार ६०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको थियो ।

अघिल्लो साता ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यसपछि घट्न थालेको थियो । घटेर २ लाख ८६ हजार ४ सय रुपैयाँसम्म पुगेको मूल्य फेरि बढ्न थालेको हो । यसरी सुनको मूल्य निकै अस्थिर हुँदा लगानीकर्ता अन्योलमा परेका छन् ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला २४० रुपैयाँ बढेर ५२५० रुपैयाँ पुगेको छ ।