२२ फाल्गुन २०८२, शुक्रबार
बुधबार स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु एक सय ३० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार आठ सय र एक तोला चाँदीको मोल रु पाँच हजार सात सय १५ निर्धारण भएको छ ।


हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार आठ सय र एक तोला चाँदीको मोल रु पाँच हजार पाँच सय ८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार पाँच सय र एक तोला चाँदी रु पाँच हजार पाँच सय ९५ मा खरिदबिक्री भएको थियो ।