सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

होमल्याण्ड खबर

२०८२ फाल्गुन २४ गते, आईतवार १२:४४ मा प्रकाशित

नेपाली सुनचाँदी बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ।

गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार  छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ। शुक्रबार उक्त सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदी प्रतितोला पाँच हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारमा चाँदी प्रतितोला पाँच हजार ४४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।