२७ फाल्गुन २०८२, बुधबार
बुधवार नेप्से परिसूचक ४६.७८ अंकले ओरालो लागेर २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टामा हल्का उतार-चढाव देखिएको भए पनि त्यसपछि निरन्तर घट्दो ट्रेन्ड कायम रह्यो ।
आज बजारमा ३४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घट्यो, जबकि ३ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम ३८% घटेर अघिल्लो दिनको २१ अर्ब ५० करोड रुपैयाँ बाट १३ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । व्यापार समूह सबैभन्दा धेरै ३.४% घटेको छ ।


अन्य प्रमुख समूहको घटबढ यसप्रकार रहेको छ: बैंकिङ: १.८२% विकास बैंक: १.६१% फाइनान्स: २.०८% होटल तथा पर्यटन: १.५६% हाइड्रोपावर: ०.७१% लगानी: १.८७% जीवन बीमा: १.९८% उत्पादन तथा प्रशोधन: १.४३% माइक्रोफाइनान्स: १.६४% निर्जीवन बीमा: ०.९७% अन्य समूह: १.८३% आजको कारोबारमा केही कम्पनीको मूल्य उल्लेखनीय रूपमा बढेको छ ।
साल्पा विकास बैंक र नेसनल हाइड्रोपावर १०% ले बढेका छन्। रिलायन्स स्पिनिङ मिल्स ९.३३%, रिडी पावर ५.७२% ले मूल्य बढाएको छ।
त्यस्तै, कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७% घटेको छ । पन्चकन्या माइ हाइड्रोपावर ५.७७%, थ्रीस्टार हाइड्रोपावर ५.३७%, र ट्रेड टावर ४.४७% ले घटेका छन् । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर, र ङादी ग्रुप रहेका छन् ।