२ चैत्र २०८२, सोमबार
जापानले होर्मुज जलडमरूमध्य हुँदै जाने तेल बोकेका जहाजको सुरक्षाका लागि युद्ध पोत पठाउने योजना अहिले नरहेको स्पष्ट गरेको छ ।
उनले भनेकी छन्, ‘सुरक्षाका लागि साथ दिने जहाज पठाउने विषयमा कुनै निर्णय गरिएको छैन । जापानले आफ्नै स्तरमा के सम्भव छ भन्नेबारे हामी मूल्याङ्कन गरिरहेका छौँ ।’


यसैबीच अस्ट्रेलियाले पनि होर्मुज जलडमरूमध्यमा युद्ध पोत नपठाउने स्पष्ट पारेको छ । यो प्रतिक्रिया अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समुद्री मार्ग खुला राख्न सहयोगी देशहरूसँग सहयोग मागेपछि आएको हो ।
अस्ट्रेलियाकी यातायात मन्त्री क्याथरिन किङले एक रेडियो अन्तर्वार्तामा बोल्दै आफ्नो देशले युद्ध पोत नपठाउने बताएकी हुन् । उनले त्यस क्षेत्रका आफ्ना नागरिकलाई ध्यानमा राख्दै युएईलाई सहयोग गर्न विमान उपलब्ध गराइँदै गरेको जानकारी दिइन् ।
उनले भनिन्, ‘हामी होर्मुज जलडमरूमध्यमा कुनै जहाज पठाउने छैनौँ । यसको महत्त्व हामीलाई थाहा छ, तर यसका लागि हामीसँग आग्रह गरिएको छैन र हामी त्यस्तो योजनामा सहभागी पनि छैनौँ ।’