सेयर बजारमा १३.५१ अंकको वृद्धि

होमल्याण्ड खबर

२०८२ चैत्र ३ गते, मंगलवार १५:४२ मा प्रकाशित

साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९३.८३ विन्दुमा झरेको थियो।

पहिलो कारोबार दिन आइतबार परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको थियो। सो दिन १४ अर्बमाथिको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३४० वटा स्क्रिप्सको ३ करोड ४८ लाख  ५२ हजार ७६० कित्ता सेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ११ अर्ब ९७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स,सोलु हाइड्रोपावर,सलपा विकास बैंक र होटल फोरेस्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार छ।

कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ५६ करोड ३७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
आँखु खोला जलविद्युतले ५१ करोडको कारोबार गर्दा नेसनल हाइड्रो पावरको ४८ करोड,हिमाल दोलखा हाइड्रोपावरको ४६ करोड र शिव श्री हाइड्रोपावरको  ४४ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १३२ वटा स्टक्सको मूल्य बढ्दा ११३ वटाको घट्यो। १७ वटा स्टक्सको मूल्य स्थिर रह्यो। ६ समूहको उपसूचक बढ्दा ७ वटाको घट्यो।