४ चैत्र २०८२, बुधबार
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।


त्यस्तै आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।