मेगा बैंकले ग्राहकलाई विशेष सुविधा दिने

होमल्याण्ड खबर

२०७५ पुष १७ गते, मंगलवार १५:१८ मा प्रकाशित

अंग्रेजी नयाँ वर्षको अवसर पारेर मेगा बैंक नेपाल लिमिटेडले राजधानी भित्रका ८ वटा शाखाहरुमा ग्राहकहरुका लागि सुविधा सुरु गरेको छ ।

मंगलबारबाट बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो ।

८ वटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखाहरुमा पनि विस्तार हुने बैंकले बताएको छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढ्दै भन्ने मुलमन्त्र बनाएको सो बैंकले हरेक ग्राहक मुल्यवान भएकोले ग्राहकहरुलाइ अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले सो सेवा लागु गरेको पनि बैंकल बताएको छ ।

जसले ग्राहकहरुलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैंकको विश्वास छ ।