सुनको मुल्य प्रतितोला १६ सय रुपैयाँ घट्यो

होमल्याण्ड खबर

२०८२ चैत्र १० गते, मंगलवार ११:४७ मा प्रकाशित

नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ ६ दिन देखि लगातार ओरालो लागेको छ । यस अवधिमा सुनको भाउ ३५ हजार ६ सय रुपैयाँले सस्तिएको हो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ तोकिएको छ ।