संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीहरुको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाउनु भएको छ ।
प्रवक्ताले महासचिवको भनाइलाई दोहोरउदै यस क्षेत्रमा रहेका इजरायली बस्तीहरू र तिनीहरूसँग सम्बन्धित पूर्वाधारको–कुनै कानुनी वैधता नभएको र यीनीहरु संयुक्त राष्ट्रका प्रस्तावहरू सहित अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको खिलाप यस क्षेत्रमा स्थापीत भएको उल्लेख गर्नु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले वेस्ट ब्याङ्कको चिन्ताजनक अवस्थालाई तत्काल कम गरी यस क्षेत्रका नागरिक र उनीहरूको सम्पत्तिमा हुने आक्रमणको अन्त्य गर्न सम्बन्धित निकायलाई आह्वान गर्नु भएको छ ।