इराकमा अमेरिकी पत्रकारको अपहरण

होमल्याण्ड खबर

२०८२ चैत्र १८ गते, बुधबार १२:०० मा प्रकाशित

इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरण भएकी छन् । अमेरिकी फ्रीलान्सर पत्रकार शैली किटलसन मंगलबार साँझ अपहरणमा परेकी हुन् ।

इराक र अमेरिकी अधिकारीहरुले इरान समर्थित मिलिसियाले उनको अपहरण गरेको आशंका गरेका छन् । इराकी गृह मन्त्रालयले अपहरणकारीलाई पछ्याउने क्रममा एक जनालाई पक्राउ गरेको छ ।

अपहरणकारीहरु इरान समर्थित कताइब हिज्बुल्लाह मिलिसियासँग आबद्ध छन् । पछिल्लो समय इरानको पक्षमा इराकका इस्लामिक मिलिसियाले पनि अमेरिकी ठेगानाहरुमाथि हमला गरिरहेका छन् ।