१० बैशाख २०८३, बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो ।
बीबीसीका बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा चार प्रतिशतको बढोत्तरी भएर १०५.३८ डलर पुगेको छ । ट्रम्पले होर्मुज स्ट्रेटबारे केही घोषणा गर्न सक्ने अनुमान गरिएको थियो ।


तर, उनले होर्मुज स्ट्रेटबारे कुनै ‘अपडेट’ नदिएपछि तेलको मूल्यमा बढोत्तरी देखिएको बताइएको छ । होर्मुज वैश्विक अर्थव्यवस्थाका अत्यन्तै अहम मानिन्छ । विश्वमा झण्डै २० प्रतिशत ऊर्जा व्यापार यही समुद्री बाटो भएर हुने गरेको छ ।
२८ फेब्रुअरीमा युद्ध सुरू भएपछि यो मार्ग लगभग बन्द छ । इरानले अमेरिकी- इजरायली हवाई हमलाको जवाफामा होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने जहाजमा हमला गर्ने चेतावनी दिएको छ ।