मंगलबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

होमल्याण्ड खबर

२०८२ चैत्र २४ गते, मंगलवार ११:०५ मा प्रकाशित

साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले बढेर दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य ४ सय रुपैयाँले बढेर दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४८२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५० हजार १ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१३२.५० रुपैयाँ कायम भएको छ ।