७२ सय रुपैँयाले बढ्यो सुनको मूल्य

होमल्याण्ड खबर

२०८२ चैत्र २५ गते, बुधबार ११:३२ मा प्रकाशित

आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७,२०० रुपैयाँले बढ्दै दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ।

हिजो मात्र सुनको मूल्य दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो। तर आज अचानक मूल्य उकालो लागेपछि बजारमा नयाँ रेकर्ड नजिक पुगेको देखिएको छ।