सुनको मूल्य २२ सय रुपैयाँले बढ्यो

होमल्याण्ड खबर

२०८२ चैत्र २७ गते, शुक्रबार १०:५७ मा प्रकाशित

साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य २२ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ८५ रुपैयाँले बढेर प्रतितोला ४९६० रुपैयाँमा कारोबार भईरहेको छ ।