सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

होमल्याण्ड खबर

२०८२ चैत्र २९ गते, आईतवार ११:४४ मा प्रकाशित

आइतबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले वृद्धि भई ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका आधारमा दैनिक रूपमा मूल्य निर्धारण हुँदै आएको महासंघले जनाएको छ।