वर्षको अन्तिम दिन घट्यो सुनको मुल्य

होमल्याण्ड खबर

२०८२ चैत्र ३० गते, सोमबार ११:०७ मा प्रकाशित

 साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो।

महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ तोकेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५४ हजार ३७० रुपैयाँ कायम गरिएको छ। हिजो १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ रहेको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।