फेरि ३ लाख नाघ्यो सुनको भाउ

होमल्याण्ड खबर

२०८३ बैशाख २ गते, बुधबार ११:४८ मा प्रकाशित

पाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।

सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।