आज पनि घट्यो नेप्से

होमल्याण्ड खबर

२०८३ बैशाख १० गते, बिहीबार १५:२७ मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घटेको छ । बुधबार २.९५ अंकले घटेको बजार बिहीबार १७.०१ अंकले घटेको हो ।

नेप्सेका अनुसार यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोडको कारोबार भएकामा आज पाँच अर्ब नौ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापारबाहेक सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको १३१.४० अर्थात् १.१९ प्रतिशतले घटेको छ ।

दुई कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै, सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ११.७९ प्रतिशत घाटा व्यहोरेका छन् ।