नेप्सेमा ७.७३ अंकको वृद्धि

होमल्याण्ड खबर

२०८३ बैशाख १४ गते, सोमबार १५:३८ मा प्रकाशित

सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा उक्लिएको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्सेमा १७ अंकको गिरावट आएको थियो । यस्तै, यसअघिका तीन कारोबार दिन पनि नेप्से लगातार घटेको थियो ।

सोमबार नेप्सेमा कुल ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत शुक्रबार भने नेप्सेमा कुल ४ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।