होमल्याण्ड खबर
२०८३ बैशाख १५ गते, मंगलवार ११:२० मा प्रकाशित
मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुन ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।