सुनचाँदीको मूल्य वृद्धि

होमल्याण्ड खबर

२०८३ बैशाख २३ गते, बुधबार ११:३७ मा प्रकाशित

काठमाडौँमा आज बुधबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५,८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

 त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ पुगेको छ, जुन हिजोको तुलनामा १७५ रुपैयाँले बढी हो।