३१ बैशाख २०८३, बिहीबार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। सीले बेइजिङको ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गरे।त्यस क्रममा दुई नेताले हात मिलाए।
दुवै नेता आजै साँझ आयोजना हुने विशेष राजकीय भोज मा समेत सहभागी हुने कार्यक्रम छ ।
दुई महाशक्ति राष्ट्रका प्रमुखबीच हुने यस वार्तामा मुख्यगरी भन्सार महसुल, प्रविधि क्षेत्रको प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिला एजेन्डाका रूपमा रहेका छन् ।


सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा आएका ट्रम्पसँगै यसपटक अमेरिकी प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पनि बेइजिङ पुगेका छन् ।
टेस्लाका प्रमुख एलन मस्क र एनभिडियाका जेन्सेन हुवाङ ट्रम्पको टोलीमा सहभागी छन् । बेइजिङ ओर्लिनुअघि ट्रम्पले अमेरिकी उद्योगका लागि चीनले आफ्नो बजार ‘खुला’ गर्नुपर्ने माग राख्ने बताएका थिए ।