सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

होमल्याण्ड खबर

२०८३ बैशाख ३१ गते, बिहीबार ११:१८ मा प्रकाशित

साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन सय रुपैयाँले बढेर तीन लाख दुई हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ५७४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५९ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४९२५.५० रुपैयाँ कायम भएको छ ।