३१ बैशाख २०८३, बिहीबार
लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले छापा मारेको छ।
छापाको वास्तविक कारणबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। तर प्रारम्भिक रूपमा कम्पनीको आर्थिक कारोबार, कर विवरण तथा नियामक प्रक्रियासम्बन्धी विषयमा अनुसन्धान केन्द्रित हुन सक्ने अनुमान गरिएको छ।


सीआइबीले यस विषयमा अहिलेसम्म औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छैन। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको छ।
यस घटनाले देशको दूरसञ्चार क्षेत्र तथा ठूला निजी कम्पनीहरूमाथि नियामक निकायको निगरानी र अनुसन्धानबारे पुनः चासो बढाएको छ।