३१ निकाय खारेज हुनेछ, १८ निकायको पुनसंरचना

होमल्याण्ड खबर

२०८३ जेष्ठ १५ गते, शुक्रबार १६:३६ मा प्रकाशित

सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको बताएका हुन् ।

‘सरकारी संरचना चुस्त बन्नेछ । दरबन्दी कटौती गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘३१ निकाय खारेज हुनेछ, १८ निकायको पुनर्संरचना हुनेछ ।’

अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने अर्थमन्त्री वाग्लेको अनुमान छ ।