२ करोडसम्म पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशत प्रोत्साहन अनुदान दिने

होमल्याण्ड खबर

२०८३ जेष्ठ १५ गते, शुक्रबार १७:१४ मा प्रकाशित

सरकारले कृषिमा उत्पादकत्व वृद्धिको नीति लिने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै न्युनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशत प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रमको तयारी गरेको बताए ।

उत्पादन सुरु भएको मितिबाट लगातार ४ वर्षसम्म यस्तो अनुदान १० प्रतिशतका  दरले शोधभर्ना हुने जानकारी दिए । उनले कृषि अनुदानको दुरुपयोग रोक्ने बताए ।