१८ जेष्ठ २०८३, सोमबार
नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। आइतबार तोलामा २० हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार प्रतितोला दुई सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।आइतबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

