८ मंसिर २०८१, शनिबार
अमेरिकाले वानाक्राई मालवेयर साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाएको छ । अस्पताल, बैंक तथा व्यवसायीसंग सम्बन्धित सो साइबर आक्रमणमाउत्तर कोरिया जिम्मेवार रहेको अमेरिकी प्रशासनले आरोप लगाएको छ । सो साईबर आक्रमणमा उत्तर कोरिया नै दोषी भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार थोमस बोसर्टले आरोप लगाएको स्ट्रिट जर्नल पत्रिकालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । प्राप्त प्रमाणका आधारमा मात्र सो आरोप लगाईएको बोसर्टको दाबी छ । यस्तो आक्रमणका विषयमा अमेरिकाले कुनै पनि देशलाई प्रत्यक्ष आरोप लगाएको यो पहिलो पटक हो । वानाक्राई नामक सो आक्रमणले १ सय ५० देशका करीब ३ लाखभन्दा बढी कम्प्युटर आक्रमण गरि अर्बौंको क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।