सुनको मूल्य स्थिर, चाँदीको घट्यो

होमल्याण्ड खबर

२०८३ जेष्ठ २० गते, बुधबार १०:५७ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । बुधबार एक तोला चाँदीको मूल्य पाँच हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।