११ मंसिर २०८१, मंगलवार
डडेलधुरामा फेरी पनि भिषण आगलागी भएको छ।
गएराति अमरगढी नगरपालिका–५, बगरकोटमा आगलागी हुदाँ ९ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
घटनामा संलग्न रहेको भन्दै एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
पक्राउ परेका व्यक्तिको नाम ठेगाना नखुलाइए पनि उनी आगलागी पीडितकै आफन्त रहेका उनले आगो लगाएको स्वीकार गरेको प्रहरीले बताएको छ ।
सधै आगलागीका घटना हुँनु रहस्यमय भएको भन्दै स्थानीय व्यापारीहरुले उच्च सुरक्षा सतर्कता अपनाउन व्यापारीहरुले माग गरेका छन्।
करिब २ घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो।
गत हप्ता मात्र डडेलधुरामा लगातार ३ पटक आगलागी हुँदा करिब ८७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।