सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

होमल्याण्ड खबर

२०८३ असार २६ गते, शुक्रबार ११:३० मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई हजार सात सय रूपैयाँ बढेर दुई लाख ८७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा एक सय ७० रूपैयाँ बढेर चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको थियो।