२८ असार २०८३, आईतवार
साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।


यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४४७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४६ हजार ९ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३८३६.५० रुपैयाँ कायम भएको छ ।