सोमबार सुनचाँदीको मुल्य घट्यो

होमल्याण्ड खबर

२०८३ असार २९ गते, सोमबार १२:३२ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबार तोलामा ६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला दुई हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएको छ। आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो। तर चाँदी सोमबार चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।