सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

होमल्याण्ड खबर

२०८३ असार ३२ गते, बिहीबार ११:०८ मा प्रकाशित

साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ४४१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४४ हजार १ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७८५ रुपैयाँ कायम भएको छ ।