एकैदिन तोलामा ४२ सय रूपैयाँ बढ्यो सुनको भाउ

होमल्याण्ड खबर

२०८३ श्रावण २० गते, बुधबार ११:५४ मा प्रकाशित

बुधबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । गत बुधबार सुनको भाउ २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४७५ रुपैयाँ कायम भएको छ ।