टोयोटाको विशुद्ध विद्युतीय कार योजना

होमल्याण्ड खबर

२०७४ पुष ६ गते, बिहीबार ०८:५९ मा प्रकाशित

 

एजेन्सी

जापानी अटो निर्माता कम्पनी टोयोटाले आगामी २०२० भित्रमा १० वटा विशुद्ध विद्युतीय कारका मोडल ल्याउने जनाएको छ । विश्वमा उत्खनन तेलको प्रयोगका कारण उत्पन्न प्रदूषण घटाउन यसले सहयोग गर्ने कम्पनीले जनाएको छ ।
हालसम्म टोयोटाले विशुद्ध विद्युतीय कारको प्रस्ताव गरेको छैन । यद्यपि हाइब्रिड मोडलमा भने टोयोटाले नेतृत्व गर्दै आएको छ । हाइब्रिड कारमा विद्युतीय मोटर ग्यास इन्जिन रहँदै आएको छ ।
कम्पनीका कार्यकारी उपाध्यक्ष सिगेकी टेरासीले टोयोटाको विद्युतीय सवारी सुरुमा चीनमा प्रस्ताव गरिने बताएका छन् । चीनले विद्युतीय सवारीलाई सहुलियत र अन्य नीतिका माध्यमबाट प्रोत्साहन गर्दै आएको छ । कम्पनीले यो प्रविधिमा व्यापक वृद्धिको अपेक्षा पनि गरेको छ ।टोयोटाको विद्युतीय सवारी पछि गएर जापान, भारत, अमेरिका र युरोपमा पनि ल्याइने टेरासीले बताए ।