९ मंसिर २०८१, आईतवार
एनआईसी एसिया बैंकले एकैसाथ दुइटा अवार्ड पाउन सफल भएको छ । यस बैंकले वल्र्ड एचआरडी कंग्रेसद्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित नेपाल बेस्ट ब्रान्ड एक्सिलेन्स एन्ड लिठरसिप अवार्ड– २०१७ मा नेपालको बैंकिङ क्षेत्रतर्फको बेस्ट ब्रान्ड (बैंकिड क्षेत्रमा) तथा बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड पाउन सफल भएको बैंकले जनाएको छ । बल्र्ड सीएसआर डेएन्ड बल्र्ड सस्टेनेविलिटिका संस्थापक डा. आरएल भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्वारा उक्त अवार्ड प्रदान गरिएको थियो । सो कार्यक्रममा बैंकिङ, बिमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागी कम्पनीहरूको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरू छनोट गरिएको थियो । यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लन्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।