९ मंसिर २०८१, आईतवार
तीन वर्षअघि प्रधानमन्त्री हुँदा र गत वर्ष पुनः प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले नेपालमै पानीजहाज सञ्चालन गर्ने भन्दै महत्वाकांक्षी योजना अघि सारेको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, गत असार १५ मा संसद् बैठकमा उनले १५/१६ गतेसम्म पानीजहाज चल्ने ठोकुवा गर्दै टिकट काट्न तयार रहन पनि आह्वान गरे । पानीजहाजप्रति व्यंग्य गर्नेहरुलाई जवाफस्वरुप उनले यसो भनेका थिए ।
सार्वाेभौम जनताका प्रतिनिधिहरुको साझा थलो संसद्मा बोलेको प्रधानमन्त्रीको मन्तव्य सम्झँदै गत साता सार्वजनिक रुपमै मजाकका रुपमा उडाइयो ।
प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले बिनाअध्ययन र बिनातयारी सस्तो लोकप्रियताका लागि बोल्दा अहिले आफैं व्यंग्यको शिकार हुनुपरिरहेको छ ।